Jawan Chhadai Aau (Lyrics) - Adrian Dewan | Nepali Christian song

 Jawan Chhadai Aau (Lyrics) - Adrian Dewan

जवान छँदै आउ

Jawan Chhadai Aau is a Nepali Christian song sung by Adrian Dewan and these are the lyrics of the song hope you like this song?

Title: Jawan Chhadai Aau
Written & Composed: Adrian Dewan
Album: Regeneration


Lyrics: Chord: A major

(परमेश्वरलाई देख्दैनौ भन्दैमा

संसारलाई अंगाली हाल्नु पर्दैन)

जे देखिन्छ एकदिन धुलो भई झर्छ

जे देखिन्दैन अचानक देखा पर्छ


ऐना हेरि मख्ख परि रहने समय छैन

ऐना भोलि त्यही हुन्छ तर जवानी हुँदैन


(जवान छँदै आउ, परमेश्वर तर्फ मन फर्काउ

आफ्नो सबै पापलाई मानीलिई

येशु कहाँ धोइमाग्न आउ) २


(पृथ्वीको उमेर पनि ढल्दैछ

ऋतुहरुको मनपरी चल्दैछ)२

संसार लडाई र हिंसाको राज्य भो

अन्तमा सबै आगोकै खाजा हो


ऐना हेरि मख्ख परि रहने समय छैन

ऐना भोलि त्यही हुन्छ तर जवानी हुँदैन


(जवान छँदै आउ, परमेश्वर तर्फ मन फर्काउ

आफ्नो सबै पापलाई मानीलिई

येशु कहाँ धोइमाग्न आउ) २



Post a Comment

0 Comments