Samaj (Lyrics) - Sam Shahu | Nepali Christian song

Samaj (Lyrics) - Sam Shahu 

Samaj is a Nepali Christian song sung by Sam Shahu and this is the lyrics of the song hope you like this song?

Song: Hami Samaaj Composed and Sung by Sam Shahu Audio designed/ Arranged/ Mixed/ Mastered: Prasan Pariyar & Naveen @ Mint Audio Studio, Jhamsikhel Sarangi: Hemanta Kaanchha Rasaily Madal: Bhuwan Gandharva



Lyrics:             Chord: C major

(हामी ख्रीष्टको सुन्दरताको कैदी बनेर
उहाँको महिमाको चर्चा गर्ने समाज हौ 
हामी ख्रीष्टको महिमालाई धारण गरेर
उहाँको सुवासना फैलाउने समाज हौ) २ 
(घुम्टो हटाइएको मुहारले उहाँको 
महिमा प्रतिबिम्बित गर्दछौ) २

हामी ख्रीष्टको सुन्दरताको कैदी बनेर हो...

(खुसी खोज्दै हिड्छ मानिस यहाँ 
हाम्रो आनन्द येशू नै
सन्तुष्टि खोजी डुल्छ मानिस
हामी सन्तुष्ट येशूमा नै) २  
(जीवन जिउने स्रोत उहाँमा नै पाउदछौ 
उहाँको स्वभावहरूमा हामी रमाउछौ) २ 

हामी संसारको विलासीता त्यागेर
ख्रीष्टको कष्टहरू बोकि हिड्ने समाज हौ 
हामी संसारमा नुन ज्योति बनेर
ख्रीष्टको चरित्रलाई झल्काउने समाज हौ 
(अनन्तको दर्शन बोकेर हामी
अनन्त फलहरू फलाउछौ) २   

हामी ख्रीष्टको सुन्दरताको कैदी बनेर हो...


Post a Comment

0 Comments