Sodhne Aat Chaina (Lyrics) - Rohti Thapa | Nepali christian song

 Sodhne Aat Chaina (Lyrics) - Rohti Thapa

सोध्ने आँट छैन

Sodhne Aat Chaina is a Nepali Christian song written and sung by Rohit Thapa and this is the lyrics of the song. Hope you like this song?


Lyrics:                          Chord: E major

(सोध्ने आँट छैन कति गरुङ्ग त्यो क्रूस

तपाईले बोक्नुभो वा कलवरीको बाटो

धर मराउदै कतिचोटी लड्नुभो) २ 

त्यो डाँडाको चर्को घाममा एउटै कुरो माग्नुभो 

(सारै तिर्खा लाग्यो थोरै पानी देउन 

हेर घाँटी सुक्यो केही पिउन पाउँन) २


(आफ्नो सब पराया भए साथीसंगी टाढा गए 

सधै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए) २


(जुन हातलाई रोटी दियौ त्यै हातले ढुंगा हाने) २ 

(र पनि भन्न छोडेनौ माफै भो साथी तिमीलाई 

मुख खोली बाचाँ तोडेनौ मायाले हेरेऊ मलाई) २


(झुक्दैछ यो शिर त्यो क्रुसको अघि बग्दैछ हेर रगतको नदि) २


पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो 

पिता हेर्नु होस सबै पूरा भयो 

मैले जितेको छु मृत्यू हारी गयो २ 

हो... हो... हो...

Post a Comment

0 Comments