Gaau Gaau Sahar Sahar (Lyrics) - Adrian Dewan Song | Nepali Christian song

Gaau Gaau Sahar Sahar (Lyrics) - Adrian Dewan Song



गाउँ गाउँ शहर शहर

Gaau Gaau Sahar Sahar (Lyrics) is a Nepali Christian song sung by Adrian Dewan and this is the lyrics of the song along with the chord.

Gaau Gaau Sahar Sahar Lyrics Credits:-

Song: Gaau Gaau Sahar Sahar Band: Adrian Dewan & The Sojourners Electric Guitars/Mixing/Mastering: Arun Tandukar Keys: Anish Tamang Bass: Nelson Sherpa Drums: Sushant Pahadi (Live Drums Recorded @ Kairos Studio by Arun Tandukar) Madal: Darshan Tamang Composition/Vocals: Adrian Dewan Vocal Recorded by Evan Rana @ Kairos Studio, Kusunti Video/Cinematography/Editing: Evan Kunwar Rana


Lyrics:    Chord: C# ( or capo 5th freed G major)

गाउँ गाउँ शहर शहर घुम्दै आयौं हामी 

बाड्दै तिर्खाएकाहरूलाई जीवनको पानी

नगरमा आइपुग्यो आज हजुरको 

चिनाउनलाई जीवनको पानी वहाँ को हो? 

(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको 

विश्वास गरि मुक्ति पाउ है येशू नाउँ हो है वहाँको) २


ब्यस्त संसार, तेज रफ्तार, भिड बजार, हतार हतार, 

‘छोडन हौ जानुछ सडक पार,

मेरो सपनाहरू छन् हजार…

कमाउनु छ, रमाउनु छ, खाए सार की लाए सार, 

मरेपछि हुनुनै छ लम्पसार,

मेरो चाहनाहरू छन् अपार...' 


तर तिमीलाई चाहिएको नाशवान थोक होइन, 

अनन्तको धन हो, 

अनि तिमीलाई चाहिएको मनोरञ्जन होइन, 

आत्मामा आनन्द हो, 

अतृप्त छोड्ने धाराहरु अनेक छन् यहाँ 

प्यास मेटाउने धारा येशू मात्र हो, 

(बहिनी तपाई कहाँको, भाइ तपाई कहाँको, 

बिश्वास गरेर बिसाउ है, येशू नाउँ हो है वहाँको) २ 


अभिलाषाहरू बिती जान्छ संसारको

ओइली झर्ने फुल जस्तै छ चोला मानिसको

देह क्षणिक तर आत्मा अजम्बरी हो, 

बिचार गर्नुहोस तपाईको आत्मा के हुने हो... 

(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको 

अनन्त जीवन पाउ है येशू नाउँ हो है वहाँको) २


Post a Comment

0 Comments