Bhajan - 1, Hallelujah Hosanna | Nepali Christian song
Hallelujah Hosanna
हल्लेलूयाह होसन्ना
भजन १ स्केल A ताल C
कोः हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४)
१. परमपिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्
सबै पापीलाई गर्छन क्षम, सबै रोगीलाई गर्छन चंगा ।
२. धन्यवाद दिई उनको आसनमा, आनन्द भई आऊ उनको चरणमा
सङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा जयजय गरौं ।
३. उनै हुन् हाम्रा परमपिता हामीलाई टिठाउँछन् सदा
कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा ।
४. आमाले झैँ उनले शान्ति दिए दुनियाँको डरमा छोडेनन् कैले
चोखो दूध वचनको पियाई जीवन अमर दिए उनले ।
५. गोठालोले झैँ खोजी उनले निकाले पापको दलदलदेखि
प्राण त्यागी बचाए उनले गराए सबलाई आफ्नै अनि ।
६. गुँडलाई घरि–घरि भत्काइदिए सिकाए हामीलाई उड्न आफै
पखेटामा उठाई उकाबले झैँ पारेनन् हामीलाई चोट कतै ।
0 Comments